जीवन बीमा क्षेत्रमा पाँच खर्ब पुँजि निर्माण, बैंकमा मुद्धति निक्षेपदेखि कृषि, पर्यटन, घरजग्गासम्ममा लगानी (लगानी सम्बन्धी क्षेत्रगत तथ्याङ्क)

२९ कार्तिक २०७९, मंगलवार १६:२०

काठमाडौं । बीमा क्षेत्रमा हालसम्म झण्डै पाँच खर्ब लगानीयोग्य पुँजि निर्माण भएको छ । नेपाली बीमा क्षेत्रमा झण्डै पाँच खर्ब अर्थात चार खर्ब ९७ अर्ब ७२ करोड २७ लाख ३९ हजार रुपैयाँ लगानीयोग्य पुँजि रहेको छ । जीवन बीमा कोष, बीमा कोष तथा अन्य कोषहरु समेत गरी सो पुँजि संकलन भएको हो । संकलित पुँजि सबैभन्दा धेरै क बर्गका बाणिज्य बैंकहरुमा मुद्दति निक्षेपको रुपमा रहेको छ ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको लगानीको दायरा थप विस्तार भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अवधिसम्म पौने ५ खर्बको लगानी गर्न सफल भएको तथ्याङ्कमा उल्लेख छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १९ कम्पनीहरुले पहिलो त्रैमासमै ४ खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गरेर २७.९७ प्रतिशतले बढाएको तथ्यांकमा उल्लेख रहेको छ । कम्पनीहरुले गत वर्षको सोही अवधिमा कम्पनीहरुले ३ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।

जीवन बीमा कम्पनीहरुमा निर्माण भएको पुँजि नेपाल सरकारको बचतपत्रमा दुई अर्ब २१ करोड रुपैयाँ, क वर्गको बैंकको मुद्धती निक्षेपमा तीन खर्ब ३५ लाख रुपैयाँ, नेपाल पुर्वधारमा २५ करोड रुपैयाँ, घर जग्गामा गरिएको लगानीमा ३६ करोड रुपैयाँ, सूचीकृत कम्पनीको साधारण शेयर ९ अर्ब ४५ करोड रुपैयाँ, बाणिज्य बैंकहरुको अग्राधिकार शेयरमा ३१ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ, कृषि पर्यटन तथा जलस्रोतका क्षेत्रमा सात अर्ब १९ करोड २५ लाख रुपैयाँ, म्युचल फण्डमा एक अर्ब २० करोड ७६ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, ख बर्गको विकास बैंकको मृद्दति निक्षेपमा ४३ अर्ब १२ करोड ७८ लाख रुपैयाँ, ग बर्गको फाइनान्स कम्पनीहरुमा पाँच अर्ब ४७ करोड ८३ लाख रुपैयाँ लगानी भएको छ भने सूचिकृत नभएको पब्लिक कम्पनीको शेयरमा ३९ करोड ८६ लाख रुपैयाँ र अन्य क्षेत्रमा ३० अर्ब ५४ करोड रुपैयाँ लगानी भएको छ ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, ५ प्रतिशत नागरिक लगानी कोष र म्यूचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बीमा समितिले कृषि तथा पर्यटन र जलस्रोतमा लगानी गर्न प्रोत्साहित गरे पनि बीमा कम्पनीहरु आकर्षित हुन सकेका छैनन् । नेपालमा लगानीको उपयुक्त वातावरण नभएको, बीमाबाट सिर्जना भएको ठूलो पुँजिले आम जनताको जीवनको जोखिमसँग सम्बन्धित रहेकोले जहाँपायो त्यही लगानी गर्न नमिल्ने व्यवस्थाका कारण कम्पनीहरुले क बर्गको बाणिज्य बैंकको मुद्दति निक्षेप नै पहिलो रोजाई बन्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*