स्वागत नेपालको पक्षमा जनलहर उर्लिदै, झापा क्षेत्र नं २ बाट बिजयी हुनेमा निर्धक्क

२९ कार्तिक २०७९, मंगलवार ०९:४४

झापा । स्वागत नेपाल न्याय पाउन कठिन भएकाहरुको लागि आशा लाग्दो नाम हो । जब जब राष्ट्रियको मुद्दा आउँछ तब तब स्वागत नेपालको नाम अगाडि आउँछ, सरकारले गरेका राष्ट्रघातका विरुद्धमा उनि दौडेर अदालतको ढोका ढकढक्याउन पुग्छन्, अनि राष्ट्रघातीहरुलाई बीचमा रोकिन्छन् ।

हो, उनै स्वागत नेपाल यतिबेला झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेर व्यापाक चुनाव प्रचार प्रसारमा जुटिरहेका छन् । विहानदेखि खटिने उनी बेलुका मध्यरातिसम्म नै जनताको बीचमा दौडिरहेका हुन्छन् । विगत झण्डै एक वर्षदेखि झापा क्षेत्र नं २ मा निर्वाचनको तयारी गरिरहेका नेपाल पछिल्लो तीन महिनादेखि झापामै केन्द्रीत भएर सक्रिय छन् । स्वतन्त्र उम्मेदवारी दिएका नेपाल नेपालले क्रस खुकुरी चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

रोचक र आश्चर्य लाग्दो कुरा के छ भने स्वागत नेपालको पक्षमा आश्चर्यजनक रुपमा जनलहर उर्लिएको छ । झापा क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको वडा नं १–९, कन्काई नगरपालिकाको ८ र ९ तथा बुद्धशान्ति गाउँपालिकाको वडा नं १–३ वडाहरु पर्दछन् । सो क्षेत्रमा अभिवक्ता स्वागत नेपालले छोटो अवधीमा नै तीव्र प्रचार प्रसार गर्न सफल भएका छन् । विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहले नै स्वागत नेपालको स्वागत गर्दै प्रसार प्रचार गर्न थालेपछि झापा क्षेत्र नं २ को माहौल बदलिन पुगेको छ ।

झापा क्षेत्र नं २ मा स्वागत नेपालको पक्षमा जनलहर उर्लिएको छ । सुरुदेखि आजसम्म आईपुग्दा स्वागत नेपालको पक्षमा व्यापक रुपमा जनताको समर्थन, उत्साह र सद्भावपछि आउँदो मंसिर ४ गते हुन गइरहेको मतदानमा जनताको उत्साहप्रद मत पाएर बिजयी हुनेमा नेता नेपाल निर्धक्क देखिएका छन् । स्वागत नेपालले जनताको अपार माया र विश्वासको आफूले कहिल्यै घात नगर्ने, बरु यस क्षेत्रको जनताले पाउने विकास, समृद्धि र सेवा सुविधा विभेदरहित तरिकाले राजनीतिक भेदभाव नगरी प्रवाह गराउन अहोरात्र खटिने प्रतिबद्धता जनाएका छन् ।

चर्चाको शिखरमा रहेको स्वागत नेपालसँग यस क्षेत्रको जनताले राष्ट्रियताको पक्षमा आवाज बुलन्द पार्ने आशा र विश्वास राखेको प्रतिक्रिया दिएका छन् । देशमा हुने भ्रष्टाचार, कुशासन र महिलाविरुद्धको हिंसामा स्वागत नेपालले कुनै सम्झौता नगर्न सुझाव दिँदै दृढ भएरु अघि बढ्न जनताले सुझाव दिने गरेका छन् । बृद्धबृद्धा, युवा, उद्यमी व्यवसायी सबैको रोजाई स्वतन्त्र उम्मेदवार स्वागत नेपालको पक्षमा झापा क्षेत्र नं २ बाट धेरै मत खस्ने उनको अभियानमा सहभागीहरुको विश्वास छ । निर्वाचन नजिकिँदै जाँदा गठबन्धन र एमालेबाट उम्मदेवार बनेको झापामा क्रस खुकुरी निकै पेचिलो बनेपछि दलहरु समेत दवावमा पर्न थालेका छन् । जनताले आफूले खसालेको मत खेर जान नदिन समेत स्वागत नेपालकै खुकुरी क्रस चिन्हमा मतदान गर्नुपर्ने अधिकांशको भनाई छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*