रिलायबल नेपाल लाइफको वित्तीय विवरणमा सार्वजनिक, पाँच अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

२९ कार्तिक २०७९, मंगलवार ०६:१४

काठमाडौं । रिलायबल नेपाल लाइफले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार बृद्धि भई तीन अर्ब तीन करोडबाट बढेर पाँच अर्ब १५ करोड ५४ लाख ३६ हजार पुगेको छ । कम्पनीले छोटो अवधीमा नै निकै ठूलो जीवन बीमा कोष बनाउन सफल भएको हो ।

समीक्षा अवधीमा कम्पनीको मुनाफा १० करोड तीन लाख पुगेको छ । अघिल्लो वर्ष कम्पनीको खुद नाफा जम्मा सात करोड ४५ लाख रुपैयाँ थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ ।

कम्पनीको व्यवसाय सामान्य अंकले खुम्चिएकोछ । गत आवमा ९२ करोड ८९ लाख १७ हजार रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको पहिलो त्रैमासमा ८५ करोड २९ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । समीक्षा अवधीमा कम्पनीको खुद दावी भुक्तानी उल्लेख्य घटेको छ । गत आवको तीन महिनामा २३ करोड ४१ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको कम्पनीले चालु आवको तीन महिनामा १५ करोड दुई लाख ६४ हजार रुपैयाँ मात्रै दावी भुक्तानी दिएको छ ।

कम्पनीको व्यवस्थापन खर्च सामान्य बढेर १५ करोड नाघेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*