झण्डै एक खर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो एलआईसी नेपाल, आम्दानीमा १९ प्रतिशतले बृद्धि, अन्य सूचांकमा देखियो यस्तो प्रगति

२९ कार्तिक २०७९, मंगलवार ०५:४३

काठमाडौं । एलआईसी नेपालले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वितरण अनुसार सो कम्पनीले झण्डै एक खर्बको जीवन बीमाा कोष खडा गर्न सफल भएको छ । स्थापनाको २२ वर्षपछि कम्पनीले आफूलाईइ देशकै शक्तिशाली कम्पनीको रुपमा स्थापना गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणमा औल्याइएकोछ ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीकको जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड तीन लाख १३ हजार ६६ रुपैयाँ संचिती गर्न सफल भएको छ । नेपाली बीमा क्षेत्रको इतिहासमा खर्ब रुपैयाँ जीवन बीमा कोष बनाउने एलआईसी दोस्रोे ठूलो कम्पनी हुनेछ । एक खर्ब पुग्न अब साढे दुई अर्ब मात्रै आवश्यक छ । कम्पनीले जगेडा कोषमा ६० करोड र महाविपत्ति कोषमा ३६ करोडसहित कूल ९८ अर्ब ४७ करोड छ लाख ३९ हजार ९३४ रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको छ ।

जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोष नै सबैभन्दा बलियो र भरपर्दो मापनको आधार हो । जीवन बीमा कोष जति शक्तिशाली बन्यो, उति नै कम्पनी बलियो र राम्रो मानिन्छ ।

कम्पनीले चालु आवको तीन महिनामा चार अर्ब ४९ करोड ४९ लाख १९ हजार ५२४ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी अघिल्लो आवको तुलनामा १४ प्रतिशतले घटेको छ । निर्वाचनका कारण बीमा अभिकर्ताहरु चुनावी मैदानमा खटिएको तथा देशमा उत्पन्न आर्थिक संकटका कारण सबै बीमा कम्पनीहरुको व्यवसाय प्रभावितत बनेको असर एलआईसीको व्यवसायमा पनि देखिएको छ ।

 

कम्पनीले तीन महिनाको अवधीमा एक अर्ब ९५ करोड ८२ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ । अघिल्लो आवमा कम्पनीको दावी भुक्तानी तीन अर्ब ७२ करोड ४७ लाख भन्दा बढि थियो । कम्पनीको खुद दावी भुक्तानी ४७.४३ प्रतिशतले घटेको छ । कम्पनीमा सरेण्डर गर्नेहरु घटेको तथ्याङ्कले देखिएको छ । कम्पनीले एक वर्षदेखि व्यवसाय देखाउने क्षणिक र मिस सेलिङ रोक्ने नीति अख्यिार गरेको परिणा अहिले देखिन थालेको छ । खुद दावी भुक्तानी घटेसँगै कम्पनीमा कुशल व्यवस्थापन झल्किएको छ ।

कम्पनीले कर्जा लगानी, लगानी, बीमालेख धितोमा लगानीबाट प्राप्त आम्दानी १९ प्रतिशतले बृद्धि भई दुई अर्ब सात करोडबाट बढाएर दुई अर्ब ४७ करोड ९२ लाख २५५ हजार ५९२ रुपैयाँ पुर्याउन सफल भएको छ । आम्दानी बृद्धि भएका कारण जीवन बीमा कोषमा थप योगदान गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको व्यवस्थापन खर्च २.४८ प्रतिशतले घटेको छ । गत आवको यसै अवधीमा १७ करोड ९५ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा १७ करोड ५१ लाख रुपैयाँ मात्रै कूल व्यवस्थापन खर्च गरेको छ ।

त्यस्तै, अभिकर्ता कमिशन २९ प्रतिशतले घटेर ५० करोडबाट झरेर ३५ करोड ६६ लाख ६९ हजार ८४८ रुपैयाँ पुगेको छ । सञ्चालन अवधीमा कम्पनीको घाटा घटेर ५९ लाख २९ हजार ८३३ रुपैयाँमा सीमित भएको छ । गत आवमा कम्पनी आठ करोड ७४ लाख रुपैयाँ घाटामा थियो ।

नियामक निकाय बीमा प्राधिकरणले लागूू गरेको फ्युचर बोनसका कारण एलआईसी नेपालसहित अधिकांश जीवन बीमा कम्पनीहरुको मुनाफा प्रभावित भएको थियो । तर, अब विस्तारै मुनाफातर्फ अघि बढ्ने संकेत आज प्रकाशित वित्तीय विवरणमा भल्किएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ०.२२ रुपैयाँ, प्रतिशेयर नेट वर्थ १३६.५७ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४१०३.७१ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*