राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त तालिम सुनसरी जिल्लाको इटहरीमा तिन संचालन गरिएको थियो ।
संस्थानका केन्द्रीय कार्यालय बजार व्यवस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा तालिम संचालन गरि प्रशिक्षण दिएका थिए ।
इटहरी शाखाका प्रमुख सन्तोष कुमार यादवको संयोजकत्वमा आयोजित तालिम कार्यक्रममा बिराटनगर शाखाका कर्मचारी सुरेन्द्र बहादुर खत्रीले पनि प्रशिक्षण दिएका थिए । इटहरीको माडेन होटलमा कात्तिक २५ गते देखि कात्तिक २७ गते सम्म तालिम सम्पन्न भएको थियो ।
नेपाल बीमा प्रधिकरणको नया व्यवस्था अनुसार अभिकर्ताले काम गर्नको लागि एउटा बीमा कम्पनि मात्रै रोज्न पाउने व्यवस्था गरिएको छ र अभिकर्ताहरु बढी उत्प्रेरित भएका थिए ।
राष्ट्रिय बीमा संस्थानले सबै शाखा कार्यालय र प्रधान कार्यालयमा बार्षिक क्यालेन्डर अनुसार तालिम आयोजना गर्ने भएकोले इच्छुक व्यक्तिले आफुलाई नजिक पर्ने कार्यालयमा सम्पर्क गरि मौकाको फाइदा लिनको लागि बजार व्यवस्थापन विभगाले जानकारी गराएका छन।