सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ। कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङ्कीय मूल्यांकन सार्वजनिक नभचएसम्मको लागि यो बोनसदर लागु भएको छ ।
सनलाइफ सार्वधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १४ हजार ५ सय ९७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)को हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)
बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)
नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।
कम्पनीले ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन
सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले सबै बीमा अवधि (१५०)मा प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ ।
सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत)
सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) यस बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ बोनसदर कायम गरेको छ ।
धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा
धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १ देखि ९ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।