सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि, मर्जर प्रस्ताव मुख्य एजेण्डा

२७ कार्तिक २०७९, आईतवार १८:१८

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले भोलि अर्थात कात्तिक २८ गते वार्षिक साधारण सभा आव्हान गरेका हुन ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे बस्ने गरी बोलाएको छ ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा वाटरफ्रन्ट रिसोर्ट पोखरामा बिहान ११ बजे सभा बोलाएको छ ।

यी दुई कम्पनी एक बराबर शून्य दशमलव ८२४५ कित्ता शेयर आदनप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । सूर्या लाइफ इन्स्योरेन्सको एक कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२४५ कित्ता शेयर कायम हुनेछ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार र ज्योति लाइफ इन्स्योरेन्सको चुक्तापूँजी र २ अर्ब ४२ करोड रहेको छ । मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई दुबै कम्पनीको सभाले स्वीकृति प्रदान गर्नेछ ।

दुबै कम्पनीको सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय समेत  रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*