युनाइटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलको राजिनामा स्वीकृत, सुवेदीले पाए कामु सिईओको जिम्मेवारी
२७ कार्तिक २०७९, आईतवार १२:०३
काठमाडौं । बीमा क्षेत्रकै पहिलो महिला सिईओको राजिनामा स्वीकृत भएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ) उपासना पौडेलको राजिनामा स्वीकृत भएको हो ।
कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
पौडेलले असोज पहिलो साता सञ्चालक समितिलाई राजिनामा दिएकी थिइन् । तर संचालक समितिको बैठकले उनलाई भोलिदेखि राजिनामा हुने गरि स्विकृत गरेको हो । त्यस्तै, कम्पनीको संचालक समितिको बैठकले रिक्त रहेको सिईओ पदको लागि हाल कायम गर्न कम्पनीका महाप्रवन्धक नविन सुवेदीलाई कामु सिईओको जिम्मेवारी सुम्पिदिएको छ।