टिपर दुर्घटनामा निधन भएका महतो परिवालाई नेपाल लाइफद्धारा ४० लाख मृत्यु दावी भुक्तानी

२५ कार्तिक २०७९, शुक्रबार ०८:२७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कावासोती शाखाले ४० लाख रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी गरेकोछ । सो शाखाले हिजो एक कार्यक्रमका बीच बीमित खड्ग बहादुर महतोकी आश्रित परिवारलाई सो रकमको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कावासोतीकी सविता महतो र खड्ग बहादुर महतोले दुई वर्ष पहिले नेपाल लाइफमा २० लाख रुपैयाँ बीमाङ्कको जीवन सारथी बीमा पोलिसी खरिद गरेका थिए । महतोको परिवारमा गत असोज १३ गते दुखद घट्ना घट्यो । टिपर दुर्घटनामा खड्ग बहादुर महतो गम्भिर घाइते बने र १५ गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भयो ।

नेपाल लाइफको सर्वाधिक लोकप्रिय पोलिसी जीवन सारथीको नीति अनुसार बीमितकी श्रीमती सबिता महतोलाई बीमाङ्क रकम २० लाख र दुर्घटना दावी भुक्तानी थप २० लाख रुपैयाँ सहित ४० लाख भुक्तानी गरेको हो । अब उक्त बीमा पोलिसीको अवधी पूरा भएपछि निजकै श्रीमतीले पुनः २० रुपैयाँ र बोनस रकम प्राप्त गर्नेछिन् ।

एजेन्सी म्यानेजर कृष्ण बहादुर रिमालले बीमा गराएको सो परिवारले दुःखमा ठूलो आर्थिक सुरक्षा पाएको सविता महतोलाई बताईन् । बीमितको निधन पश्चात ४० दिनमा नै सबै कागजी प्रक्रिया पुरा गरी दावी भुक्तानी गर्न कम्पनी सफल भएको छ । सोही अवधीमा परेको दशैं तिहारको १५ दिने विदामा समेत बीमितले पाउने दावी भुक्तानीका लागि कावासोती शाखाले मेहनत गरेर करिब १५ कार्यदिनमै दावी भुक्तानी दिलाउन सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*