सानिमा लाइफ इन्स्योरेन्सको बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर वृद्धि

२४ कार्तिक २०७९, बिहीबार १६:४९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर वृद्धि गरेको छ। कम्पनीले कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइँदै आएको ब्याजदरलाई परिमार्जन गरेको हो ।

कम्पनीले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरी १२ प्रतिशत पुर्याएको हो । बीमालेख धितोमा राखी कम्पनीले १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले सार्वजनिक गरेको नयाँ ब्याजदर कार्तिक १ गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।

कम्पनीले बीमितलाई आफुले लिएको कर्जा तथा उक्त कर्जामा लागेको व्याज समयमै भुक्तानी गर्न आग्रह गरेको छ ।ब्याजदर परिवर्तन सम्बन्धी थप जानकारीको लागि कम्पनीको आफूलाई पायक पर्ने कुनै पनि शाखा उप ९ शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने इन्स्योरेन्सले जनाएको छ । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखेर सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

‘बीमकले बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भइ बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण प्रदान गर्न सक्नेछ,’ समितिद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*