एलआइसी नेपालद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२३ कार्तिक २०७९, बुधबार १५:२२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीको बर्दिया शाखाले करेन्ट लागि मृत्यु भएका बढैयाताल गाउँपालिका ५ निवासी स्वर्गीय बीमित कृष्ण प्रसाद भट्टराईका परिवारलाई १३ लाख ३८ हजार ६ सय रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो । भट्टराईले ३ वर्षअघि एलआइसी नेपालको गुलरिया बर्दिया शाखा मार्फत ६ लाख रुपैयाँको बीमा गराएका थिए ।

बीमा दाबी वापतको रकम एलआईसी नेपालका बर्दिया शाखा प्रमुख विश्वास दीप श्रेष्ठ तथा एजेन्सी म्यानेजर ओम प्रकाश यादवको उपस्थितीमा मृतकको श्रीमति विमला पौडेललाई हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*