बारामा ज्वाला कुमारी साहको चर्चा बढ्दै, बन्यो अत्याधुनिक मालपोत र नापी कार्यालय
बारा । छोटो समयमात्रै राज्य मन्त्री भएर देशको शासन सञ्चालनको केन्द्रमा पुगेकी ज्वाला कुमारी शाहको चर्चा अहिले पनि बारामा चलिरहेको छ । बाबुराम भट्टराईको सरकारमा साढे चार महिनाको भुमिसुधार राज्यमन्त्री हुदाँ साहले बाराको कलैया स्थित मालपोत कार्यलय र नापी कार्यलयको नयाँ भवनको लागि बजेट विनियोजन गरेकी थिइन । जिर्ण तथा भाडाको भवनमा कामकाज गर्दै आएको मालपोत तथा नापी कार्यलय पुर्वमन्त्री साहकै कारण मुहार फेरिएर अहिले सर्वसाधारण सुविधा सम्पन्न भवनबाट सेवा लिइरहेका छन् ।
राज्यमन्त्रीको पावर कम हुदाँहुदैपनि करिब पाँच करोडको बजेट विनियोजन गराउन साह सफल भएकी थिइन । मालपोत तथा नापी कार्यलय बाराको कागजी प्रकृया द्रुत गतिमा गर्न रातारात तत्कालिन प्रशासकिय अधिकृत जयकान्त झालाई बोलाएर सो काम सफल भएको थियो ।
जीर्ण र अव्यवस्थित कार्यलयको कारण विगतमा कयौ महत्वपुर्ण कागजातहरु नष्ट भएको, सर्पको बिगबिगि रहेको र पानी पर्दा झन बेहाल हुने सेवाग्राही नयाँ भवनसंगै सन्तुष्ट रहेको बारा लेखापढी कानुन व्यवसायी संघका अध्यक्ष बृजकिशोर यादव“भगतजी” ले बताए । मालपोत तथा नापी भवन ल्याउन तत्कालिन भुमिसुधार राज्यमन्त्री ज्वाला कुमारी साह, सासंद प्रमोद कुमार गुप्ता, कार्यलय प्रमुख जयकान्त झा लगायतको महत्वपुर्ण योगदान रहेको अध्यक्ष यादव“भगतजी” ले जनाए ।
दैनिक हजारौ सेवाग्राहीको चाप हुने मालपोत तथा नापी कार्यलय क्षेत्रमा ज्वाला साहको चर्चाले अन्य उम्मेदवारलाई त्रसित बनाएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेकी ज्वाला साह, बाम लोकतान्त्रिक गठबन्धनका लालबाबु सिंह र जसपाको रामबाबु यादव बीच हुनेछ । बारा जिल्लाकै सर्वाधिक कागजी कामकाज हुने मालपोत नापी क्षेत्रमा साहको चर्चाले मतमा धेरै असर गर्ने सेवाग्राही मुकेश पटेलले बताए ।