महालक्ष्मी लाइफद्धारा बीमा दाबी भुक्तानी

२३ कार्तिक २०७९, बुधबार १२:२२

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले एक कार्यक्रमको आयोजना गरि मृत्युदाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमितको आमालाई बीमा दाबी वापतको ६ लाख ९१ हजार ८०० रुपैयाँ हस्तान्तरण गरेको हो । बिरेन्द्रनगर –६, सुर्खेत पिपलचौतारा स्थित प्राङ्गणमा गरिएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख, पदम प्रसाद सोडारी, जननिर्वाचित वडा न –६ का वडा अध्यक्ष जनक बहादुर रावल, वडा सदस्य कृष्ण श्रेष्ठसहित केही अभिकर्ता र स्थानियको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*