नेपाल लाइफद्धारा विलम्ब शुल्क छुटमा म्याद थप, बीमितले कात्तिक ३० गतेसम्म नविकरण गर्दा छुट पाउने

२३ कार्तिक २०७९, बुधबार १२:०८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्क छुटमा म्याद थप गरेको छ ।

कम्पनीले आफ्ना बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेभित्र ब्यतीत भएका सम्पूर्ण बीमालेखहरुमा गत कात्तिक १५ देखि कात्तिक २४ गतेसम्म नविकरण गर्दा बीमाशुल्क भुक्तानी गर्दा लाग्ने बीमाशुल्कमा छुट प्रदान गर्ने निर्णय गरेको थियो ।

कम्पनीले पुनः सूचना प्रकाशित गर्दै विलम्ब शुल्क छुटमा म्याद थप गरेको हो । सो अनुसार नेपाल लाइफले बीमा प्राधिकरणबाट जारी गरिएको ‘जीवन बीमोलख सम्बन्धी निर्देशिका २०७८’ को पुनर्जागरण सम्बन्धी प्रावधान अनुसार बीमितहरुले यहि कात्तिक ३० गतेसम्म भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी गर्दा ३५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*