निरन्तर घटिरहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर फेरि बढ्न थाल्यो, यस्तो छ कारण
काठमाडौं । आइपीओ जारी गरेर दोस्रो बजरमा एकछत्र राज गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य निरन्तर घटिरहेको थियो । पछिल्लो समय दोस्रो बजारमा निरन्तर घटिरहेको शेयर बजारमा उकालो लाग्ने क्रम बढेको छ ।
उच्च मूल्यबाट कम्पनीको सेयर मूल्यबाट घटेर ५६५ रुपैयाँमा झरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो। कुनै समय कम्पनीको सेयर मूल्य १९०० रुपैयाँसम्म पुगेको थियो।
एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ५६५ रुपैयाँमा झरेको थियो। पछिल्लो समय बढ्न थालेको सेयर मूल्य वुधवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ बढेर ७३३ रुपैयाँ पुगेको छ। हिजोे सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ बढेर ७१५ रुपैयाँ पुगेको छ।पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार सुरु भएको हो।
कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्तापुँजी पुयाउने नीतिसमेत लिएको छ।कम्पनीले व्यवसाय विस्तारा समेत थप ध्यान दिँदै गईरहेको छ । जसको कारण तत्काल यसमा प्रभाव नदेखिएपनि दिर्घकालीन रुपमा हेर्ने हो भने कम्पनीमा लगानी गर्दा नाफा बुक नै हुने शेयर बजार विश्लेषकहरुको धारणा रहेको छ।
कम्पनीले सुरुवात देखि नै नेपाल लगायत विश्वका बिभिन्न मुलुकका बीमा कम्पनीहरुसँग पुनर्बीमा कारोवार गर्दै आइरहेको छ । कम्पनीको विगत ३ आ.ब.को पुनर्बीमा शुल्क बृद्धि क्रमश आ.ब. २०७६/७७ मा १६ प्रतिशत, आ.ब. २०७७/७८ मा ३२ प्रतिशत र गत आ.ब. २०७८/७९ मा करिव २० प्रतिशत बृद्धि गरेको छ । साथै पुनर्बीमा कम्पनीको मुख्य व्यवसायको श्रोत भनेको ट्रिटि व्यवसाय हो
र यस कम्पनीले आ.ब. २०७६/७७ मा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरू मध्ये ६ वटा बीमा कम्पनीसँग ट्रिटि व्यवसायमा सहभागिता गरेकोमा आ.ब. २०७७/७८ मा १० वटा, आ.ब. २०७८/७९ मा ११ वटा र चालु आ.ब. मा १८ वटा कम्पनीसंँग ट्रिटि व्यवसाय प्राप्तिको सम्झौता गरेको छ । यस्तै चालु आ.ब. बाट कम्पनीले मोटर पोर्टफोलियोको अगुवा पुनर्बीमकका रुपमा १० वटा कम्पनीको पुनर्बीमा व्यवसाय प्राप्त गरि प्रगतिपथमा अगाडि बढेको छ ।
नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ।