मध्यराति डोटीमा ६.६ रेक्टरस्केलको भुकम्प, छ जनाको मृत्यु

२३ कार्तिक २०७९, बुधबार ०७:२१

काठमाडौं । गएराति २ः१२ बजे पश्चिम नेपालको डोटीलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भुकम्पले कैयौं घरहरु भत्किएका छन् भने छ जनाको मृत्यु भएको प्रारम्भिक वितरण प्राप्त भएको छ ।

गएराति २ः१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भुकम्पले धक्का दिएको हो । भुकम्पबाट डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं ३ गैरा गाउँमा रहेको ठक्कर बोहराको घर भत्किएको छ । सो घटनामा तीन जनाएको मृत्यु भएको गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले पुष्टि गरेका छन् । अन्य तीन जनाको विवरण आउन बाँकी छ ।

भुुकम्प प्रभावित क्षेत्रमा सेना परिचालन गरिएको र उद्धार कार्य सुरु गरिएको जनाएको छ ।

डोटीबाट प्राप्त खवर अनुसार मृत्यृ हुनेहरुको विवरणः
१.प्रेम बोहरा, बर्ष ५०
२.भगवती बोहरा, बर्ष ४०
३.सीता बोहरा, बर्ष १३
४.हर्क बोहरा, बर्ष ८
५.धन्सरी बोहरा, बर्ष १४
६.तुलछी बोहरा, बर्ष १४
गरि ६ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

 

तस्विर: सामाजिक सञ्जाल/ अमर सुनुवार लगायतको फेसबुकबाट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*