निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन पौने ११ अर्ब रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी, शिखर र सगरमाथा अग्रस्थानमा

२२ कार्तिक २०७९, मंगलवार १४:५३

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा पौने ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्यांक अनुसार पहिलो त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस त्रैमासको अवधिसम्ममा शिखर इन्स्योरेन्स कम्पनीलाई पछि पार्दै राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा पर्न सफल भएकोछ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड रुपैयाँ आर्जन गर्न सफल भएकोछ ।

तेस्रोमा सगरमाथा इन्स्योरेन्स कमपनी रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा ८५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्यांक अनुसार नेको इन्स्योरेन्स कम्पनीले ८२ करोड रुपैया, सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ७३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५६ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड रुपैयाँ , अजोड इन्स्योरेन्सले ४६ करोड रुपैयाँ र आइएमई जनरलले ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले ४३ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ४१ करोड रुपैयाँ, दि ओरियरन्टल ३९ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ३५ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड रुपैयाँ , युनाईटेड इन्स्योरेन्सले ३२ करोड रुपैयाँ, सानिमा जनरलले २८ करोड रुपैयाँ र जनरल इन्स्योरेन्सले २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*