सानिमा जिआईसी इन्स्योरेन्सलाई एकिकृत कारोबार गर्न बीमा समितिको सैद्धान्तिक स्वीकृती, छिट्टै खुल्दै शेयर कारोबार
काठमाडौं । बीमा समितिले सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीलाई एकिकृत कारोबार गर्न बीमा समितिले सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जरपछि निर्जीवन बीमा क्षेत्रमा दोस्रो कम्पनीको रुपमा मर्जर सफल गर्दै सानिमा जिआईसी इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरिरहेको छ । यसअघि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्पन्न भई साउन १ गतेदेखि एकीकृत कारोबार हुँदै आएको थियो ।
दुई कम्पनी एक बराबर एक अनुपात (बराबरी हैसियत) मा गाभिएका हुन् । मर्जरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब तथा जगेडा कोषको आकार३६ करोड ९३ लाख रुपैयाँ भएको छ । यस्तै बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित हुन पुगेको छ।
यसअघि दुबै कम्पनीको गत असोज ११ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित भएको थियो । नियामक बीमा समितिले असोज १४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।
बीमा समितिले स्वीकृती दिएसँगै सोबन हुँदै दोस्रो बजारमा चाडौं नै कारोबार हुँदैछ । यसअघि मर्जर प्रकृयाको लागि दोस्रो बजारमा सानिमा जनरल र जनरल इन्स्यारेन्सको शेयर कारोबार रोक्का रहेको थियो ।