नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने

६ कार्तिक २०७९, आईतवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजी एक अर्ब ३७ करोड रुपैयाँबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*