२ हजार सर्भेयरले गराए लाईसेन्स नविकरण (सूची सहित)
काठमाडौं । बीमा समितिमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेन्स नविकरण गराएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्यांक अनुसार हालसम्ममा बीमा समितिले चालु आर्थिक वर्षमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेनस नविकरण गराएका छन् ।
बीमा समितिको तथ्यांक अनुसार विभिन्न चरणका सर्भेयरहरुले २ हजार बढीले लाईसेन्स नविकरण गराएका छन् ।
जसमध्ये क वर्गमा ५०, ख वर्गमा ५६, ग वर्गमा १३० जना सर्भेयरले आफ्नो इजाजत पत्र नविकरण गराएका छन् । यसबाहेक इजाजत पत्र नविकरण गराउने सबैभन्दा बढी घ वर्गमा १ हजार ८ सय ७० जना रहेका छन् ।
असोज मसान्तसम्ममा नविकरण नगराएका सर्भेयरहरुको लाईसेन्स खारेज हुनेछ ।
(सर्भेयरको नामावली सहित)
क वर्ग सर्भेयरको नवीकरण विवरण २०७९
ख वर्ग सर्भेयरको नवीकरण विवरण २०७९
ग वर्ग सर्भेयरको नवीकरण विवरण २०७९
घ वर्ग सर्भेयरको नवीकरण विवरण २०७९