शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान

३ कार्तिक २०७९, बिहीबार १०:५७

काठमाडौं । शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरेको छ ।शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२ औं विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बीमा र दाबी फछ्रयौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई नगद रु १०,००० सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको छ।हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरी खाद्म संकट र भोकमरिको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाईन्छ, नेपालमा ४२ औं विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपूर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाईUK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bio resources (ANSAB) द्धारा २०१९ मा ५०,००० पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार रासी प्रदान गरिएको थियो ।

स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रुपमा रहदै आएको यस कम्पनी इक्रा नेपालबाट(ICRA-NP) A Rating प्राप्त गरेको नेपालको एकमात्रै निजिर्वन बीमा कम्पनी समेत हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*