नेशनल लाइफले नेपालगन्जमा भव्य भवन बनाउँदै, सिईओ खत्रीद्धारा भूमि पुजा सम्पन्न
नेपालगन्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगन्जमा भव्य भवन निर्माण प्रक्रिया आजबाट सुरु गरेको छ । शुभसाइत पारेर कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीले आज विहान भूमि पुजा सम्पन्न गरेका छन् ।
नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कठ्ठा जमिनमा नयाँ भवन बनाउन लागेको हो । सात तल्लो भवनको कूल लागत ३५ करोड रुपैयाँ अनुमान गरिएको छ । तुँदि कन्ट्रक्सन र जम्बुदिप कन्ट्रक्सनले ज्वाईन्ट भेन्चरमा निर्माण गर्न लागेको सो भवन अण्डरग्राउण्ड पार्किङ सहित अत्याधुनिक प्रविधिसहित निर्माण हुनेछ ।
कम्पनीले नियामक निकाय बीमा समितिबाट स्वीकृत लिई भवन निर्माण सुरु गरेको हो । आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवन कम्पनीको नाममा नेपालगन्जमा रहेको आफ्नै जग्गामा निर्माण गर्न लागेको हो । व्यापारिक भवनमा कम्पनीको कार्यालयको अतिक्ति अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सहज हुनेछ भने नेपालगन्जकै नमुना भवनको रुपमा कम्पनीको नयाँ भवन निर्माण हुनेछ ।
नेपालगञ्ज कोहलपुर खजुरा भृगाउँ गुलरिया शाखाका प्रमुखहरु ,सकृय अभिकर्ताहरुको उपस्थिति थियो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देशकै ठूलो बीमा कम्पनी मध्येको एक हो । पछिल्लो समयमा तीव्र प्रगति गर्दै अघि बढिरहेको नेशनल लाइफले ५२ अर्बभन्दा बढि जीवन बीमा कोषमा संचिती गर्दै अघि बढिरहेको कम्पनी हो ।