अर्बौ सेटिङमा हुन लागेका काममा निर्वाचन आयोगको अबरोध, प्रम देउवालाई २४ घण्टे पुर्जी

१ कार्तिक २०७९, मंगलवार २१:२३

काठमाडौं । अख्तियारद्धारा भ्रष्टाचारी प्रमाणित दीपक भट्टसँग मिलेर प्रधानमन्त्री शेर बहादुर देउवाले गर्न खोजेको दर्जनबढि भ्रष्टाचारजन्य निर्णयका सम्बन्धमा निर्वाचन आयोगले २४ घण्टे पुर्जी काटेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाकै संलग्नतामा लघु बीमाको लाइसेन्स, स्टक एक्सचेन्जको लाइसेन्स, कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरणदेखि अन्य दुुरगामी महत्वपूर्ण निर्णयको सम्बन्धमा निर्वाचन आयोगले २४ घण्टे पूर्जी काटेको हो ।

निर्वाचन आयोगको कानुन शाखाका अनुसार प्रधानमन्त्री देउवालाई दुरगामी महत्वको निर्णय, नीतिहरु पारित गरेको विषय तथा नयाँ लाइसेन्स वितरणको विषयमाथि स्पष्टिकरण सोधिएको हो ।

यसअघि निर्वाचन आयोगले अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, बीमा समिति लगायतलाई स्पष्टिकरण सोधिसकेको छ । सो सम्बन्धमा सम्भवतः भोलि निर्णय हुँदैछ ।

प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु देउवासँग मिलेर भ्रष्टाचारी दिपक भट्टको सेटिङमा अर्बौ रुपैयाँको घुस डिल भइसकेको छ । सो घुस डिल रोक्ने निर्वाचन आयोगले तयारी गरेपछि भट्टसहितका माफिया र प्रधानमन्त्री पत्नी देउवा समेत छटपटाउन थालेका छन् । माफियाहरुको छटपटी एकातिर छ भने निर्वाचन आयोगको अबरोध अर्कोतिर हुँदा लाइसेन्स दिने नियामक निकायमा कार्यरत कर्मचारीहरु भने भ्रष्टाचारको आरोपमा जेलमा फसिने त्रासमा पर्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*