आइएमई लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पाँचौ बार्षिक साधारणसभा बुधवार लैनचौर बैंङक्वेट्मा सम्पन्न भएको छ । कम्पनीले बार्षिक साधारणसभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।
कम्पनीले बिशेष प्रस्ताव मार्फत सभामा बीमा समितिले निर्देशन दिए बमोजिम संस्थापक शेयरभनीबाट हाल कायम रहेको चुक्ता पुँजिको शत प्रतिशत बराबरको शेयर पुँजि पुनःथप गर्ने र कम्पनीको प्रबन्धक तथा नियामवालीमा संसोधन गर्ने प्रस्ताव पारित गरेको छ। संस्थापक समुहको शेयर जारी पछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्तावलाई पनि सभाबाट पारित गरेको छ ।
त्यस्तै, सभाले संस्थापक समुहको शेयर जारी पछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्तावलाई पनि सभाबाट पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७र७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाप तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोनकोषमा गरिएको योगदान रकम ७ लाख ५० हजार रुपैयाँलाई पनि सभाबाट अनुमोदन गरेको छ।
सभाले सर्वसाधारणलाई छुट्याईएको शेयर जारी गर्ने बिषय र नियामक निकायबाट कुनै निर्देशन भएमा फेरबदल गर्ने अख्तियारी संचालकलाई दिएको छ।साथै कम्पनीले बीमा ऐन अन्तर्गत लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा हाल कायम रहेकोलाई दुई बर्ष कार्यकाल भएको हुँदा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ।