वैदेशिक रोजगार बीमामा सन नेपाल लाइफ सबैभन्दा अगाडि, दुई महिनामा ५ लाख बढी पोलिसी बिक्रि, अन्यको अवस्था ?

२६ आश्विन २०७९, बुधबार १२:०२

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिमा बैदेशिक रोजगार बीमालेखबाट ५६ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये सात कम्पनीले मात्र उक्त रकम संकलन गरेका हुन् ।

बीमा समितिले चालु आर्थिक वर्षदेखि लागु हुने गरि सबै जीवन बीमा कम्पनीहरुको लागी वैदेशिक रोजगार बीमालेख बिक्री खुल्ला गरिदिए पनि एक तिहाई कम्पनीले मात्रै बीमाशुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुका सिईओहरुका अनुसार वैदेशिक रोजगार बीमामा केही वाधा अड्चनहरु रहेको कारण सिमित कम्पनीहरुको मात्रै फाईल अघि बढ्ने हुँदा आधा दर्जन कम्पनी मात्रै सक्रिय रहेको बताँउछन् ।

यस अवधिसम्ममा सूर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल, सिटिजन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक बीमाशुल्क आर्जन गरेका हुन्।
जीवन बीमा कम्पनीहरुमध्ये वैदेशिक रोजगार बीमाशुल्कवापत सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी सन नेपाल लाइफ बनेको छ । कम्पनीले यस अवधिसम्मा ५ लाख ७७ करोड बीमापोलिसी वापत २७ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिले प्रकाशन गरेको तथ्यांकको आधारमा हेर्ने हो भने अन्य कम्पनीहरुले भन्दा दोब्बर वैदेशिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिको तथ्यांक अनुसार सुर्या लाइफले १० करोड ७३ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेको छ । ज्योति लाइफले ७ करोड ९९ लाख, सिटिजनले ३ करोड ७६ लाख, सानिमा लाइफले २ करोड ८५ लाख, रिलायबल लाइफले २ करोड ८१ लाख र आइएमई लाइफले ९८ लाख रुपैयाँ बराबरको सो प्रकारको बीमाशुल्क उठाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*