आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा आज, के–के छन् एजेण्डा ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको उक्त सभा बुधवार लैनचौर बैंङक्वेट्मा बस्दैछ । । कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव राख्ने भएको छ।
कम्पनीले बिशेष प्रस्ताव मार्फत सभामा बीमा समितिले निर्देशन दिए बमोजिम संस्थापक शेयरभनीबाट हाल कायम रहेको चुक्ता पुँजिको शत प्रतिशत बराबरको शेयर पुँजि पुनःथप गर्ने र कम्पनीको प्रबन्धक तथा नियामवालीमा संसोधन गर्ने बिषय उपर छलफल गर्नेछ।
सभा मार्फत सर्वसाधारणलाई छुट्याईएको शेयर जारी गर्ने बिषय र नियामक निकायबाट कुनै निर्देशन भएमा फेरबदल गर्ने अख्तियारी संचालकलाई दिएको छ।साथै कम्पनीले बीमा एेन अन्तर्गत लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा हाल कायम रहेकोलाई दुई बर्ष कार्यकाल भएको हुँदा नियुक्त गर्ने प्रस्ताव लगिने छ।