१९ जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क पौने ५ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)

२६ आश्विन २०७९, बुधबार ०७:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म ४ अर्ब ८० करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीले भदौ मसान्तसम्ममा पौने ५ अर्ब प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ९३ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरी आफ्ना अग्रता जमाउन सफल भएको छ । त्यस्तै, बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै सो अवधिसम्ममा नेशनल लाइफले पनि ५६ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सन नेपाल लाइफले ३६ करोड २८ लाख, सिटिजन लाइफले ३५ करोड ९३ लाख, एलआइसी नेपालले ३३ करोड ४७ लाख, सूर्या लाइफले २७ करोड ९५ लाख, ज्योति लाइफले २४ करोड ९५ लाख, रिलायबल लाइफले २४ करोड ८८ लाख, एशियन लाइफले २४ करोड २९ लाख, युनियन लाइफले २ करोड ३५ लाख, मेट लाइफले २१ करोड ६० लाख, आइएमई लाइफले १३ करोड ३८ लाख, प्राइम लाइफले १२ करोड ६३ लाख, सानिमा लाइफले ११ करोड ५१ लाख, रिलायन्स लाइफले ९ करोड ९४ लाख, राष्ट्रिय बीमा संस्थानले ९ करोड ८५ लाख, महालक्ष्मी लाइफले ८ करोड ४५ लाख, प्रभु लाइफले ७ करोड ५१ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले ४ करोड ९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*