भदौमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ११ अर्ब रुपैयाँ, कुनले कति कमाए ? (तथ्यांक सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौमा १० अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको सर्भेरमा समस्या भएको कारण यस बर्ष मासिक वित्तिय विवरण ढिला आएको बीमा समितिले जनाएको छ ।
यस त्रैमासमा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ ।कम्पनीले यस महिनामा २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।कम्पनीले यस त्रैमासमा १ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस महिनामा १ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
यूनियन लाइफले ५८ करोड, सिटिजन लाइफ ५४ करोड, एशियन लाइफले ५० करोड, मेट लाइफले ४४ करोड, सूर्या लाइफले ४२ करोड, राष्ट्रिय बीमा संस्थानले ३३ करोड रुपैयाँ, प्राईम लाइफले ३१ करोड रुपैयाँ र सन नेपाल लाइफले ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, रिलायबल नेपाल लाइफले २९ करोड रुपैयाँ, ज्योति लाइफले २८ करोड रुपैयाँ, आइएमई लाइफले २४ करोड रुपौँ, रिलायन्स लाइफले २२ करोड रुपैयाँ, सानिमा लाइफले १८ करोड रुपैयाँ, गुराँस लाइफले १८ करोड रुपैयाँ, प्रभु लाइफले १६ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।