जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क साढे २ अर्ब, नेपाल, नेशनल र सिटिजन लाइफ अग्रस्थानमा (सूचीसहित)

२५ आश्विन २०७९, मंगलवार १६:३४

काठमाडौं । भदौ महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब ६० करोड १५ लाख ४६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीहरुले साढे २ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ५० लाख ८७ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरी आफ्नो अग्रता कायम गर्न सफल भएको छ । यसका साथै बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै नेशनल लाइफ इन्स्योरेन्सले पनि भदौ महिनामा २६ करोड ६१ लाख ८० हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सलाई पच्छ्याउँदै सो अवधिसम्म सिटिजन लाइफ इन्स्योरेन्सले पनि २३ करोड ६३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि सो अवधिसम्म २२ करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरी चौथो स्थान जमाएको छ ।

त्यस्तै, सन नेपाल लाइफले १८ करोड ५८ लाख, सूर्या लाइफले १५ करोड ८१ लाख, एशियन लाइफले १४ करोड ५० लाख, रिलायबल लाइफले १४ करोड १० लाख, युनियन लाइफले १२ करोड ८४ लाख, ज्योति लाइफले ११ करोड ६९ लाख, मेट लाइफले १० करोड ७६ लाख, सानिमा लाइफले ७ करोड ६३ लाख, प्राइम लाइफले ६ करोड ९८ लाख, आइएमई लाइफले ६ करोड ७० लाख, रिलायन्स लाइफले ५ करोड ९२ लाख, राष्ट्रिय बीमा संस्थानले ४ करोड ८२ लाख, महालक्ष्मी लाइफले ४ करोड ४४ लाख, प्रभु लाइफले ४ करोड ४० लाख र गुराँस लाइफले १ करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*