शैलेन्द्र खड्काले डोटी जिल्लाको प्रदेश सभा ‘क’ बाट दिए स्वतन्त्र उम्मेदवारी

राजन कठायत
२५ आश्विन २०७९, मंगलवार १४:५३

डोटी । डोटी जिल्लाका युवा तथा समाजसेवी शैलेन्द्र खड्काले प्रदेश सभा चुनावको लागि स्वतन्त्र उम्मेवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयले उम्मेदवारी दर्ताको लागि तोकेको समय यहि असोज २३ आईतवारका दिन सुदुरपश्चिम प्रदेश सभाको डोटीको क्षेत्र क बाट मनोनयन दर्ता गराएका हुुन ।

उम्मेदवारी दर्ता गरेसँगै खड्का चुनावी अभियानमा लागेका छन् । उनले डोटी जिल्लाको समग्र शिक्षा प्रणाली सुुधारमा तथा कृषि क्षेत्रको विकासको लागि आफुले काम गर्ने भन्दै गाउँ गाउँमा पुगेर भोट माग्न थालेका छन् । ‘डोटी जिल्लामा राजनैतिक दलको आडमा भ्रष्टाचार गर्ने, नेपाली जनताले निःशुल्क पाउनुपर्ने शिक्षालाई व्यवसाय बनाएकाहरुलाई कडा भन्दा कडा सजायको भागेदार बनाउने छु’ उनले भने । विगत लामो समयदेखि उनी डोटीका जनताको सेवामा समर्पित भएर लागेका उनी यस वर्ष चुनावमा उम्मेदवार बनेर नीति निर्माण गर्ने तहमा पुग्ने लक्ष्य लिएका छन् ।

 

कोरोना महामारीको समयमा भारतमा अलपत्र परेका नेपाली जनतालाई उद्धार तथा राहतमा खटिएका उनी डोटीका विभिन्न गाँउपालिकामा औषधि ब्यवस्थापनमा दिन रात खटेका थिए । डोटी जिल्लाका विभिन्न विकठ तथा दुुरदराजका महिलाहरुलाई उद्यमी तालिम दिएर त्यहाँका महिलाको जीवनस्तर सुुधार गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरे खड्का आगामी निर्वाचनमा ठूला दलहलाई समेत कडा चुनौति दिँदै मैदानमा उत्रिएका छन् । खड्काले औधोगिक बिकासतर्फ विभिन्न आमा समूहमा घरेलुु लुगा धुने साबुन, हर्पिक फिनाइल, अगर्बती र मुडाबनाउने लगायतकाउद्यमशिल तालिम सञ्चालन गर्दै आईरहेका छन् ।

 

डोटी जिल्लामा रहेका विभिन्न प्रर्यटन क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज, राष्ट्रिय सम्पदाको महत्वपुर्ण ठाँउ डोटीको भैरब कोट दरबार क्षेत्र, विभिन्न मन्दिर र तथा समुदायहरुको सरसफाईका लागि अभियान सञ्चालन गरेर अग्रगामी भुमिका निर्वाह गर्दै आएका छन् । यसै, उनले प्राकृतिक सुन्दरताले भरिपुुर्ण रहेको यस क्षेत्रका झिक्राना झर्ना, मिनि खप्टड लगायतका नमस्ते झर्नाको प्रचार प्रसारमा आफ्नो भुमिका निर्वाह गर्दै पर्यटन व्यवसायलाई चलायमान बनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*