एआईआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा हिमालयन एभरेष्टका सिईओ विजयबहादुर शाह चयन
काठमाडौं । एआईआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा हिमालयन एभरेष्टका सिईओ विजयबहादुर शाह चयन भएका छन् । घानामा भएको एआईआरडिसी सम्मेलनको २२ औं सम्मेलनले उनलाई नेपालको तर्फबाट चयन गरेको हो ।
घाना राजधानी आक्रामा सेप्टेम्बर २७ मा सम्पन्न सम्मेलनले नेपालका हिमालयन एभरेस्ट इन्स्योरेन्सका सिईओ विजयबहादुर शाहलाई कार्यकारी बोर्ड ट्रस्टीमा चयन भएका छन् ।
सम्मेलनले प्रेसिडेन्टमा घानाकै क्वालिटी जीवन बीमा कम्पनी लिमिटेड चेयरम्यान हारुन् इसा अनफुरेलाई चयन गरेको छ भने भाइस प्रेसिडेन्टमा बैंकक बीमा पब्लिक कम्पनी थाइल्यान्डका सीईओ च्याइ सोफोनपानिच चयन भएका हुन् ।
सम्मेलनले बहराइनको ट्रस्ट रि का कार्यकारी सञ्चालक यासिर अलबहारना, नेपालबाट हिमालयन एभरेस्ट इन्स्योरेन्सका सिइओ विजय बहादुर शाह, फिलिपिन्सका मर्केन्टाइल बीमा कम्पनीका स्वतन्त्र सञ्चालक अस्तर ट्यान, बीमा र पेन्सन आयोग आयुक्त ग्रेस मुरादर्जीक्व, श्रीलङ्काको सिलिन्को बीमाका चिफ टेक्निकल अफिसर जगथ अल्विस, तान्जानिया पुर्न बीमा कम्पनीका चेयरम्यान विल्सन एनडेसान्जो र म्यानुअल एस्कोबेडोलाई चयन गरेको हो । एआइआरडिसी एक्जुकेटिभ बोर्ड ट्रस्टीको कार्यकाल आगामी २०२४ सम्म २ वर्षको हुनेछ ।
नेपालबाट यसअघि नै शाहले सन २०१६/ २०१८ मा भाइस प्रेसिडेन्ट र २०१८–२०२० मा प्रेसिडेन्ट भएर काम गरिसकेका थिए ।