आइपीओ निष्काशन प्रस्तावसहित आइएमई लाइफको साधारण सभा भोलि बस्दै, चुक्तापुँजी बृद्धिको छलफल गर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा भोलि (असोज २६ गते) बस्दैछ । कम्पनीको उक्त सभा बुधवार लैनचौर बैंङक्वेट्मा बिहान ११ बजे बस्नेछ ।
उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने विषय र नियामक निकायबाट कुनै निर्देशन भएमा फेरबदल गर्ने अख्तियारी संचालकलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव राख्नेछ । यसका अलावा कम्पनीले बिशेष प्रस्ताव मार्फत सभामा बीमा समितिले निर्देशन दिए बमोजिम संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजिको शत प्रतिशत बराबरको शेयर पुँजि पुनःथप गर्ने र कम्पनीको प्रबन्धक तथा नियामवालीमा संसोधन गर्ने बिषय उपर छलफल गर्नेछ ।
साथै कम्पनीले बीमा ऐन अन्तर्गत लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा हाल कायम रहेकोलाई दुई बर्ष कार्यकाल भएको हुँदा नियुक्त गर्ने प्रस्ताव लगिने छ ।