जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको २० लाख रुपैयाँको जीवन बीमा पोलिसि उपहार

२४ आश्विन २०७९, सोमबार १६:५४

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच  धादिङ जिल्लाको गल्छी गाउँपालिका १ कल्लेरी निवासी ईश्वरी भण्डारी कार्कीले आफ्नो श्रीमान रमेश कार्कीको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् ।

उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नुवाकोट शाखाबाट जारी जीवनबीमा पोलिसी उपहार दिएकी हुन् । परिवारको भविष्य सुनिश्चित गर्न श्रीमानको जन्मदिनको अवसरमा २० लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको कार्कीले बताइन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बजार प्रतिनिधि रिजालका अनुसार कार्कीले रिलायबल सुलभ जीवनबीमा योजना अन्तर्गत कार्कीले उक्त उपहार दिएका हुन् । यस योजना अन्तर्गत बीमालेखले बीमा समाप्ति पछि बीमाङ्क र बोनस एकमुष्ट फिर्ता हुने भएकाले परिवारको सुरक्षित भविष्यमा समेत उपयोगी हुने रिजालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*