बीमाकर्मी कोषराज सुवेदीबाट काठमाडौं क्षेत्र नं २ मा उम्मेदवारी दर्ता
२३ आश्विन २०७९, आईतवार १४:२९
काठमाडौं । विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय रहेका कोषराज सुवेदी आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आज विहान केही समर्थक तथा शुभचिन्तकहरु सहित काठमाडौं क्षेत्र नं २ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । केही अघिदेखि नै स्वतन्त्र उम्मेदवार बन्दै भन्दै अभियान सञ्चालन गर्दै आएका सुवेदी यसअघि युनियन लाइफबाट डेपुटी सिईओबाट राजिनामा दिएका थिए । पछिल्लो समय उनी सारथी एजेन्सी दर्ता गरेर मेरो बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । साथै उनको नेतृत्वमा रहेको समहुले नयाँ लघुबीमा कम्पनी समेत दर्ता गर्न आवेदन दिएका छन् ।