प्रतिनिधिसभा र प्रदेश सभाका १६५ र ३३० निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदै

२३ आश्विन २०७९, आईतवार ०८:०५

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष निर्वाचन प्रणालीको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज देशका प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । उम्मेदवार बन्न चाहनेहरुले देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

बाढी वर्षा आदि कारण मनोनयन गर्ने समय सार्नुपर्ने आवाज उठेपनि निर्वाचनत आयोगले भने पूर्वकार्यतालिकामा परिवर्तन नहुने जनाएको छ । सहजीकरणको लागि उम्मेदवार आफै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

कार्यतालिका अनुसार भोलि अर्थात २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ । त्यस्तै, असोज २६ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा समय पाउनेछन् । सोही दिन अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

एमालेले राप्रपा तथा मधेशवादी दलसँग गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ भने सत्ता गठबन्धन कांग्र्रेस, माओवादी माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीबीच गठबन्धन गरेर उम्मेदवारी दिनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*