राष्ट्रपति विद्यादेवी भण्डारी ज्वरोले सिकिस्तै, टिचिङमा भर्ना

२२ आश्विन २०७९, शनिबार १२:०१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्वरोले सिकिस्तै हुनु भएपछि आजै विहान काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ । अत्याधिक ज्वरो तथा रुघाखोकीका कारण असहज महसुस गरेपछि राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

यतिबेला राजधानी काठमाडौंमा लामखुट्टेको टोकाईबाट सर्ने डेँगु रोगको महामारी फैलिएको छ । दशैंको समयमा समेत अत्याधिक मात्रामा मानिसहरु ज्वरोले सिकिस्तै भएकोले राम्रोसँग दशैं समेत मनाउन सकेका छैनन् ।

राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीलाई उध्रित गर्दै प्राप्त समाचारमा जनाइएको छ । भर्खरै रगत परिक्षणका लागि पठाइएकोले डेगो हो वा होइन भन्ने कुरा केहीबेरमा पत्ता लाग्नेछ । राष्ट्रपति भण्डारी सरकारी अस्पताल भर्ना हुनु भएको छ । राष्ट्रपति भण्डारी महाअष्टमीको दिन अधिकांश शक्तिपिठहरुको दर्शन गर्नु भएको थियो भने बिजया दशमीमा सर्वसाधारणलाई टीका लगाउनु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*