पर्यटन प्रवर्द्धनका लागि हङकङले चाल्यो नयाँ कदम, ५ लाख हवाई टिकट निःशुल्क वितरण गर्दै

२१ आश्विन २०७९, शुक्रबार १६:००

काठमाडौं । पर्यटन प्रवर्द्धन लागि हङकङले चाल्यो नयाँ कदम चालेको छ । विश्वको लोकप्रिय गन्तव्यको रुपमा चिनिने हङकङले दुई वर्षभन्दा लामो महामारीपछि पर्यटक भित्र्याउन नयाँ कदम चालेको छ ।

कोभिड महामारी अघि एक वर्षमा करिब ५ करोड ६ लाख मानिसले भ्रमण गरेको हङकङले पर्यटन प्रवर्द्धन गर्नका लागि ५ लाख टिकट निस्शुल्क बाँड्ने भएको छ । ३३ अर्ब बढीको उक्त टिकट हङकङले विदेशी पर्यटक र हङकङका वासिन्दालाई बाँडने बताइएको छ ।

हङकङले दुई वर्षअघि नै उड्डयन उद्योगलाई समर्थन गर्न राहत प्याकेजको एक भागको रूपमा हङकङका वायुसेवा कम्पनीहरुसँग ५ लाख टिकट खरिद गरिसकेको यएरपोर्ट अथोरिटी हङकङका प्रवक्ताले पुष्टि गरिसकेको सिएनएनमा उल्लेख छ । यस विषयमा एयरलाइन्ससँग सबै व्यवस्था गरिसकेपछि थप विवरणहरू घोषणा गरिने यएरपोर्ट अथोरिटी हङकङले जनाएको छ ।

यसअघि हङकङले पहिलो चरणमा आफ्नै खर्चमा होटलमा २१ दिन क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम लगाएको थियो जुन पछि गएर ७ दिन पुर्याइएको थियो । तर गत सोमबारदेखि यसलाई अझै घटाएर ३ दिनमा पर्याइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*