धनगढीको विद्युत कार्यालय डुबानमा, स्थानीयको जनजीवन प्रभावित

२१ आश्विन २०७९, शुक्रबार १४:२९

काठमाडौं । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ। लगातारको वर्षाका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो।

कार्यालय भित्रै पानी पसेपछि कार्यालयको कामकाज प्रभावित बनेको बताइएको छ। पानीले भिजेर उपकरणहरुसमेत बिग्रने खतरा बढेको कार्यालयले जनाएको छ। उक्त कार्यालय डुवान भएपश्चात धनगडीको जनजीवन प्रभावित बनेको हो ।

यसअघिका वर्षहरुमा पनि कार्यालय जलमग्न हुने गरेका थियो। यस्तै वर्षा रहे विद्युत सेवा प्रभावित हुनसक्ने जनाइएको छ। पानी निकास नहुँदा कार्यालय डुबानमा पर्न थालेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*