समान लाभांश घोषणा गरेका नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफको बुक क्लोज कहिले ?

२१ आश्विन २०७९, शुक्रबार ११:३२

काठमाडौं । समान लाभांश घोषणा गरेको नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफले लाभांश प्रस्ताव गरिसकेका छन् । नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन्।

हालसम्म ८ जीवन बीमा कम्पनीको प्रतिवेदन बीमा समितिबाट पारित भएपनि ३ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका छन् । १९ जीवन बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ, आइएमई लाइफ, रिलायवल नेपाल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको मात्रै आर्थिक वर्ष २०७७र७८ को वित्तीय विवरण स्वीकृत भएका छन् । तर पनि तीन कम्पनीले बाहेक अन्यले लाभांश घोषणा गर्न सकेको छैन ।

तीन जीवन बीमा कम्पनी मध्ये नेपाल लाइफ र नेशनल लाइफले समान १५।७८९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। तर नेशनल लाइफले १५ प्रतिशत बोनस सेयर र ०।७८९ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छ।

यता नेपाल लाइफले भने १५।७८९ प्रतिशत नै नगद लाभांश प्रस्ताव गरेको छ। नेपाल लाइफ र नेशनल लाइफले लाभांश प्रयोजनको लागि बुक क्लोज मिति भने तोकेको छैन्।

एशियन लाइफ इन्स्योरेन्सले भने १४।५ प्रतिशत बोनस सेययर र कर प्रयोजनको लागि ०।७६ प्रतिशत नगद गरी १५।२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। असोज १३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको छ।

कम्पनीले लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार असोज २ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*