कैलाली कञ्चनपुरमा भारी वर्षा, सुरक्षित रहन स्थानीयलाई प्रशासनहरुको आग्रह

२१ आश्विन २०७९, शुक्रबार ११:०५

काठमाडौं । बिहीबारदेखि कैलाली र कञ्चनपुरका केही स्थानमा लगातार भारी वर्षा भईरहेको छ। शुक्रबार पछिल्लो तीन घण्टामा दुवै जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा अहिले पनि रोकिएको छैन।

भारी वर्षाका कारणले दिउँसो १२ बजेसम्म साना तथा ठूला नदी र खोलाहरुमा बाढीको सम्भावना भएको सर्तकता अपनाउन आग्रह समेत गरिएको छ। बर्षाका कारणले हुनसक्ने क्षतिबाट जोगिन प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको हो ।

खासगरी खुटिया, कान्द्रा, मोहना नदी, सुहेली, चौधर लगायतका साना खोलाहरुमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान पर्ने भएकाले सावधानी अपनाउन भनिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*