काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको मृत्यु

२१ आश्विन २०७९, शुक्रबार १०:५१

काठमाडौं । लगातार बर्षाका कारणले गर्दा काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिएका छन् ।

वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् । खोजी कार्य अझै जारी रहेको तामाङले जानकारी दिए ।

अन्य क्षतिको विवरण आउन बाकि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*