नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक बाँधका ३६ ढोका खोलियो

२० आश्विन २०७९, बिहीबार १२:२८

काठमाडौं । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटा ढोका खोलिएको छ ।

नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १० बजे ब्यारेजका ३६ वटा ढोका खोलिएको हो । बिहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब रहेको छ ।

नदीका तटिय क्षेत्रका स्थानीयलाई सर्तक हुन र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*