क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ

२० आश्विन २०७९, बिहीबार ११:१५

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछाने आज पक्राउ परेका छन् । स्वच्छिक गिरफ्तारी दिन नेपाल आउँदै गरेका क्रिकेट कप्तानलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।

यसअघि नै विज्ञप्ति निकालेर असोज २० गते स्वदेश फर्किर गिरफ्तारी दिने घोषणा गरेका पूर्व कप्तान लामिछाने आज विहान १० बजे कतार एयरको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । लगत्तै प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकुमा पुर्याएको छ ।

लामिछाने विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले घट्नाको प्रारम्भिक छानविनमा दोषी हो वा होइन भन्ने एकिन नभए पनि घट्ना र आरोपहरु मिल्दोजुल्दो भएकोले अनुसन्धानको लागि हिराशतमा लिएर छानविन गर्ने भन्दै अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ ।

खेलाडी लामिछाने नेपाल नआई भागेको भन्ने हल्ला र चर्चाका बीचमा उनी आज स्वदेश फर्किएका छन् । लामिछानेले आफूमाथि लगाइएको आरोप झुुठा भएको दावी गर्दै आएका छन् । उनले झुठा आरोपको डटेर कानुनी लडाई लड्ने दृढता लिएर नेपाल फर्कन लागेको भन्दै केही दिनअघि सामाजिक सञ्जालमा बक्तव्य दिएका थिए । सेतो कपडा र टोपी लगाएर आएका लामिछानेलाई विमानस्थलमा रहेका प्रहरीहरुले नियन्त्रणमा लिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*