अझै एकदुई दिन मौसममा सुधार नआउने, हिंडडुल गर्दा सावधानी अपनाउन आवश्यक

२० आश्विन २०७९, बिहीबार १०:५२

काठमाडौं । अझै केहिदिनसम्म मुलुकका विभिन्न भागमा वर्षा भइरहने सम्भावना रहेको छ ।

हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरि सामान्यदेखि पूर्ण बदली भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केहिदिनसम्म मौषममा सुधार नहुने बताएको छ ।

एक साता अघिदेखि नै यसपालि दशैंमा मनसुनी वर्षा हुनसक्छ भनेर सचेत गराएको विभागले झरी पार्ने प्रणाली अझै एकदुई दिन कायम रहने बताएको छ ।

मुलुकका विभिन्न भागमा महानवमीदेखि नै वर्षा भइरहेको छ ।विभागका अनुसार, पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरेपनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*