दशैंको खर्चलाई कटाएर बीमा गरौ, चाहे जस्तो बीमा कम्पनी कसरी छनोट गर्ने ?

२० आश्विन २०७९, बिहीबार १०:२८

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि पनि ठूलो मद्धत गर्छ। विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नु पर्छ। नेपालमा भने न्युन आय, शिक्षाको कमी लगायत कारणले बीमाको संस्कृती नफस्टाएको राष्ट्रिय बीमा कम्पनीका प्रशनसक कवि पसाद पाठकले बताए ।

जीवन बीमा कसरी गर्ने ?

बच्चा जन्मेकै दिन उस्को बीमा गर्न सकिन्छ। आमा वा वुवा मध्ये एक जना संरक्षक रहेर बच्चाको बीमा गर्न सकिन्छ। बीमा समितिको प्रौवधान अनुसार ६५ वर्ष भन्दा माथी पुगेको बृद्धको भने जीवन बीमा हुँदैन।
नेपालमा १९ जीस्वन बीमा कम्पनीहरु संचालनम रहेका छन् । विभिन्न जिल्लाहरुमा शाखा कार्यालय संचालन गर्दै बीमितहरुलाई सुविधा प्रदान गर्दै आईरहेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १८ कम्पनीले यो सेवा प्रदान गर्छन्। आफूलाई पायक पर्ने स्थानमा आफूले बीमा गराउन सक्छौ । बीमा कम्पनीहरुमा बीमा अभिकर्ता रहेका हुन्छन् । अभिकर्ताहरुको सल्लाह बमोजिम आफूले सक्ने स्थितीमा हामीले बीमा कम्पनीमा बीमा गराउन सक्छौ ।

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ त ?

कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं विमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ। बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ। सानो बिमाङ्कको बीमा गर्दा सानै रकम तिर्नु पर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ। त्यसैले तपाईँको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ। ५० हजार रुपैयाँ माथि जति बिमाङ्कको पनि बीमा गर्न सकिन्छ।
सामान्यतया पाँच देखी ५४ वर्ष अवधि सम्मको बीमा गर्न सकिन्छ। यदि तपाईंको उमेर ३० वर्ष छ र तपाईको आम्दानीले १५ वर्ष अवधिको ५ लाखको बीमा लागि गर्नु भयो भने वार्षिक ३३ हजार रुपैयाँ कम्पनीलाई तिर्नु पर्छ।

कति रुपैयाँ फिर्ता आउँछ?

बीमा भनेको जोखिम घटाउनु हो। त्यसैले भविष्यमा त्यस्तो कुनै भवितब्य आयो भने कम्पनीले तपाईको परिवारलाई बिमाङ्क बराबरको सबै रकम फिर्ता दिन्छ।जस्तो पाँच लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने विचमा कुनै दुर्घटना भए ५ लाख र पैसा तिरेको अवधि सम्मको बोनस पाईन्छ।
भवितब्य आएन भने अवधि सकिएपछि तपाईले तिरेको सबै पैसामा कम्पनीले दिने बोनस जोड्दा लगभग दोब्बर रुपैयाँ फिर्ता हुने भण्डारीले बताए। जस्तो पाँच लाख रुपैयाँको बीमा गर्दा अन्त्यमा झन्डै १० लाख रुपैँया फिर्ता पाईन्छ।

दसैं, तिहार र जन्म दिनमा पाएको दक्षिणाले बीमा गर्न पुग्छ पाठक भन्छन्– ’दसैंमा बालबालीका दक्षिणा कति पाउँछन् अभिभावकले त्यसलाई जोगाएर राखिदिनु पर्छ, मिठो खाने र राम्रो लाउने कुरा अभिभावकले पुर्याएकै हुन्छन्, बच्चाहरुलाई यो पैसाले बीमा गर्यो भने भोलि तिमिहरुलाई पढ्न लेख्न हुन्छ भनेर सम्झाउने हो भने उनीहरु सजिलै मान्छन्।’
बीमा गर्न सुरु गरेको एक दुई वर्षमै अभिभावकको जीवन तल माथी भैहाल्यो भने पनि बच्चाले मासिक रुपमा बीमा रकमको एक प्रतिशत पढाई खर्च बीमा अवधिभर पाउँछन्। अवधि सकिए पछी बीमा रकम र जति रुपैयाँ तिरेको हो त्यसको बोनस पनि एकमुस्ट फिर्ता पाउने उनले जानकारी दिए।

बच्चाले पाएको दक्षिणा रकममा अभिभावकले अलिकति थपेर बीमा गरिदिने हो भने भविश्यका लागि राम्रो बचत हुने उनको भनाइ छ। ’दसैंमा आउने दक्षिणा, जन्मदिनमा आउने दक्षिणा लगाएत उनिहरुले बेला बेला पाउने रुपैयाँ बचाउने हो भने अभिभावकको आयस्रोत बलियो नभए पनि बीमा गर्न समस्या हुँदैन’ उनी भन्छन्।
यदि ५० हजारको मात्र बीमा गर्ने हो भने वार्षिक रुपमा तीन हजार हाराहारी प्रिमियम तिर्दा १५ वर्षको बीमा गर्न सकिन्छ। थोरै भए पनि यो रकम बचतसँगै र जोखिम बहनमा पनि सहायक बन्न सक्छ।

कति किसिमका जीवन बीमा हुन्छन्?

जीवन बीमा धरै प्रकारका हुन्छन्। सबै बीमा कम्पनीले बीमा समितिले तोकेको नियम भित्र रहेर बीमा गर्छन्। कुनै खास स्किम भने कम्पनी आफैले ल्याउन सक्छन्। जस्तो गुराँस लाईफले सम्पुर्ण बीमाङ्क बराबरको रकम एकमुस्ट तिर्दा पाँच वर्ष पश्चात बीमा अवधि सम्म मासिक रुपमा भुक्तानी दिने स्किम ल्याएको छ।

नेशनल लाईफको एक वर्षे बीमा कार्यक्रम छ। जसमा एक वर्षको बिचमा व्यक्तीको दुर्घटना भैहालेमा कम्पनीले बीमा रकम भुक्तानी दिन्छ। केहि नभएमा जम्मा गरेको रकम फिर्ता गर्छ। यो एक लाख सम्मको बीमा कार्यक्रम हो।

सामान्य बीमामा बीमाङ्क रकम तिर्दै जाने र भुक्तानी भने अवधी सकिए पछि मात्रै पाउने हुन्छ। अहिले बढ्दो प्रतिश्पर्धामा बीमा कम्पनीले बिभिन्न स्किम ल्याएको हुँदा सकेसम्म सबै कम्पनीमा बुझेर राम्रो लागेको बीमाको प्याकेज लिनु पर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*