बीमाकर्मीको दशैंः कसैको स्वादिलो, कसैको खल्लो
दशैंको दिन । अक्सर नेपालीहरु दशैंकै ह्याङओभरमा हुन्छन् । धेरैजसो त दशैं मान्न मुल घर पुगेका छन् । तास खेल्ने, पिङमा मच्चिने, मीठो मसिनो खाने, साथीभाई भेट्ने उपक्रममै उनीहरु व्यस्त छन् ।
यद्यपी सबै बीमा कम्पनीहरुकोे दशैं रसिलो छैन । कतिको खल्लो पनि भएको छ । हामीले यहाँ केही बीमा कम्पनीहरुले कसरी दशैं मनाँउदै हुनुहुन्छ भन्ने धारणा पेश गरेका छौं ।
बीमा समिति अध्यक्ष : सूर्या प्रसाद सिलवाल
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौंमा नै दशैं मनाउँदै छन् ।उनले यो पटक दशैं परिवारको साथमा नै बसेर मनाउने बिचार गरेका छन् । यो बर्षको दशैंमा भने उनलेघुम्न जाने योजना बनाएका छैनन् । बर्षदिनमा आउने चाडपर्व सबै समस्त बीमाकर्मी र बीमितहरुलाई भव्यताका साथ मनाउन उनको सन्देश छ ।
समिति कार्यकारी निर्देशक : राजुरमण पौडेल
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको यो बर्षको पहिलो टिका काठमाडौंमा नै रहेको छ। दास्रो दिन भने टिका लगाउन चिचवनस्थित ससुराली पुग्ने छ ।
यो बर्ष अरु खासै केही योजना छैन, घर बस्ने, मासु खाने, टिका लगाउने बडाजनबाट आशिर्वाद थाप्ने त्यहि नै उनले भने ।
नेपाल पुनर्बीमा कम्पनी सिईओ : शंकर रायमाझी
यो बर्ष परिवारमा शोक परेको कारण दशैं मनाउन नमिलेपनि भेटघाट भने गर्ने योजनामा छ । दशैंको अन्तिम दिनमा टिका लगाउन मिल्ने भएको कारण पूर्णिमामा दशैंको टिका लगाउने तयारीमा छौ ।
प्रत्येक बर्ष झै यो बर्ष भने भव्यताका साथ दशैं मनाउन नपाएको उनले बताए ।
बीमक संघका अध्यक्ष :चंकी क्षेत्री
प्राय दशैंमा म उपत्यका बाहिर नै हुन्छु । यो बर्षपनि दशैं मनाउन परिवारको साथमा तँनहुमा आएको छु । बर्षदिनमा आउने चाडपर्व मनाउन मात्रै नभई परिवार एकै साथमा हुँदा अझै खुसी हुन्छु ।
गाँउघरमा प्रकृतिको छुटै आभास हुने भएको कारण मलाई यहाँसम्म आउन चाडपर्व नै चाहिँदैन । बेला मैकामा केही समय निस्कन साथ म आउने गर्दछु ।
जीवन बीमक संघ : निर्मल काजी श्रेष्ठ
प्रत्येक दशै परिवारसँग नै मनाउने गर्दछु । बर्षदिनमा एक साता लामो समय परिवारको सदस्यहरुसँगै नै रमाइलो गरेर बित्छ ।
एक अर्कोको अनुभव साटा साट गरेर दशैंलाई भव्यताका साथ बिदा गर्नेछौ ।
नेपाल लाइफ इन्स्योरेन्स सिईओ :प्रविण रमण पराजुली
फूलपातीमा मानै दशैंको घुमघाम भयाईसेकेका नेपाल लाइफका सिईओ प्रविण रमण पराजुली दशैंमा परिवारको साथ काठमाडौंमा नै मनाउदैछन् ।
बर्षदिनमा आउने चार्डपव हर्षउल्लासका साथ मनाउनुका साथै ठूलाबडाबाट आशिवाद ग्रहण गर्ने भएकाले छुटै उत्सुकता हुने उनले बताए । ‘घरमा बस्ने हो, रमाइलो गर्ने हो, परिवारसँग दशैं मनाउने हो, परिवार तथा आफन्तहरुसँग भेटघाट र रमाइलो गरिन्छ,’ उनले भने ।
प्रभु इन्स्योरेन्स सिईओ :संचित ब्रजाचार्य
दशैमा लामो समयको बिदा हुन्छ । बर्षको दिनमा एक दिन छुटि हुन्छ । त्यसैले दशैमा घुम्न जान चाहि रुचाउदिन ।
परिवारिक भेटघाट र परिवारलाई समय बिताँएर नै जान्छ । आफूभन्दा ठूला बडाको आशिवाद र भेटघाटले मन थप प्रफुल्ल बनाउने उनी बताँउछन् । ‘संयुक्त परिवारमा बस्ने भएको कारण चाडपर्वमा थप रमाईलो हुनेछ । , उनले भने ।