दशैंमा काठमाडौं उपत्यका सुनसान, छैन चहलपहल (फोटो फिचर सहित)

राजन कठायत
१८ आश्विन २०७९, मंगलवार १३:३३

काठमाडौं । दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान देखिएका छन्। दशैंको सप्तमी,अष्टमी र नवमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखियो। सडकमा सार्वजनिक सवारी कमै देखिन्छन्।

नेपालीको महान पर्व विजया दशमी (बडा दशैँ)मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो। दशैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्। सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्। यस वर्षको दशैँ मनाउन करिब १८ लाखले उपत्यका छाडेको यातायात व्यवसायीहरूले जनाएका छन्।

फोटो फिचर

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*