दशैको पैसा छुट्याएर राख्नुस्, ३५ कम्पनीको १२ अर्ब रुपैयाँको आईपीओ आउँदैछ, कुनको कति? (सूची सहित)

नियामक निकायबाट केहीले सेयर निष्कासन अनुमति पाइसके, केही प्रक्रियामा
१६ आश्विन २०७९, आईतवार १२:१५

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गरी राम्रो नाफा आर्जन गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका ३५ कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । तीमध्ये केहीले नियामक निकायबाट सेयर निष्कासन अनुमति पाइसकेका छन्न् । केही भने प्रक्रियामा छन् ।

दशैपछि विभिन्न कम्पनीहरुले आइपीओ निष्काशनको तयारी गरेको छ । दशपछि ३५ धकम्पनीको १२ अर्ब भन्दा बढीको आइपीओ आँउदैछ। कतिपय कम्पनीहरुलाई दशैपछि नै आईपीओ अन्तिम तयारी दिने चरणमा पुगेको बोर्डले जनाईसकेको छ । यस आधारमा हेर्ने हो भने दशैपछि आधा दर्जन कम्पनीको आइपीओ आउने देखिन्छ । बोर्डले स्विकृति दिएसँगै कम्पनीको संचालक समितिले आइपीओ प्रस्ताव पास गरेसँगै सर्वसाधारणलाई आइपीओ खोल्ने बाटो हुन्छ । एजीएमको पखाईमा समेत एक दर्जन बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् ।

हाल ३५ आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमतिका लागि बसेका छन्। दशैँमा केहि रकम आईपिओको छुट्याएमा आइपीओको रकमको लागि फाईदा पुग्ने देखिन्छ । यी कम्पनीहरुले कुल १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७ सय ८५ रुपैयाँ बराबरको ८ करोड १८ लाख २५ हजार ४ सय ८१ कित्ता शेयर निष्काशन गर्ने तयारीमा छन्।

यी हुन् आइपीओ निष्काशनको तयारीमा रहेको कम्पनी, 

रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख बराबरको ६० लाख कित्ता

आईएमई लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको ६० लाख कित्ता

हाथवे इन्भेष्टमेन्टको १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता

कुन्थेली बुखारी स्मल हाइड्रोको २ करोड ४३ लाख ७३ हजार ५ सय बराबरको २ लाख ४३ हजार ७ सय ३५ कित्ता

ट्रेड टावर लिमिटेडको ११ करोड ५८ लाख ९८ हजार बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता

परमाई हाइड्रोपवार लिमिटेडको १० करोड बराबरको १० लाख कित्ता

सगरमाथा जलविद्युत कम्पनीको ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता

माई खोला हाइड्रोको १९ करोड २१ लाख ५६ हजार ८ सय बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता

मोदी इनर्जी लिमिटेडको ७२ करोड ५० लाख बराबरको ७२ लाख ५० हजार कित्ता

सोनापुर मिनरल्स एण्ड ओइलको १ अर्ब २३ करोड बराबरको १ करोड २३ लाख कित्ता

मेन्छियाम हाइड्रोको १६ करोड २७ लाख ७५ हजार बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता

सानिमा मिडल तमोरको ८३ करोड ३१ लाख २५ हजार बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता

मोलुङ हाइड्रो कम्पनीको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता

बाराही हाइड्रोको ७ करोड बराबरको ७ लाख कित्ता

एशियन हाइड्रोको ११ करोड ८० लाख बराबरको ११ लाख ८० हजार कित्ता

कालिन्चोक दर्शन लिमिटेडको १२ करोड बराबरको १२ लाख कित्ता

सिटी होटेल लिमिटेडको १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता

इन्गुवा हाइड्रोको १८ करोड बराबरको १८ लाख कित्ता

सुपर मादी हाइड्रोको ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता

शुभम पावरको ५ करोड ८० लाख ५८ हजारको ५ लाख ८० हजार ५ सय ८० कित्ता

थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता

आत्मानिर्भर लघुवित्तको २ करोड ३ लाख ३८ हजार बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता

डिश मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता

माया खोला हाइड्रोको ३४ करोड बराबरको ३४ लाख कित्ता

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता

मकर जितुमाया सुरी हाइड्रोको २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता

बिपीडब्लु लघुवित्तको ९७ लाख बराबरको ९७ हजार कित्ता

घोराही सिमेन्टको ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८ सय १ कित्ता

अपर स्यांगे हाइड्रोको ८ करोड ७० लाख बराबरको ८ लाख ७० हजार कित्ता

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता

मुक्तिनाथ कृषि कम्पनीको ४ करोड बराबरको ४ लाख कित्ता

सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता । मूल्य बुक विल्डिङ विधिबाट तय हुने

रिलायन्स स्पिनिग मिल्सको ७ लाख ७० हजार ६ सय ४० कित्ता । मूल्य बुक विल्डिङ विधिबाट तय हुने

दोल्ती पावर कम्पनीको १६ करोड ९ लाख ४५ हजार ८ सय बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*