मुक्तिनाथ लघुबीमा कम्पनी स्थापनाको लागि थप उठाइयो, १५ रुपैयाँदेखि ५५ रुपैयाँसम्म असुली

१६ आश्विन २०७९, आईतवार १०:५६

काठमाडौं । लघुबीमाको लाइसेन्सको लागि मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले समेत बढि रकम उठाएको पाइएको छ । बीमा समितिमा यही असोज १३ गते लघु जीवन बीमा र लघु निर्जीवन बीमाको लाइसेन्स लिनको लागि आवेदन दिएको मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले प्रस्ताव गरेको मुक्तिनाथ लघु जीवन बीमा र मुक्तिनाथ लघु निर्जीवन बीमाको लागि संस्थापक सञ्चालकहरुसँग अतिरिक्त रकम मागेको खुलेकोछ । यद्यपि उनीहरुले धेरै रकम भने नमागेको प्रतिकित्ता १५ रुपैयाँका दरले रकम उठाएको सूचना प्राप्त भएको छ ।

हाल बीमा समितिले दर्ता गर्न लागेको कूल ७ वटा लघु बीमा मध्ये एउटै लाइसेन्सको २५ करोड रुपैयाँ सेटिङकर्तालाई बुझाउनुपर्ने हुन्छ । तर, मुक्तिनाथ समुहले शेयरधनी बन्न चाहनेहरुबाट अतिरिक्त १५ प्रतिशत रकम उठाएको एक व्यक्तिले बताए । सम्पर्कका आएका एक व्यक्तिका अनुसार १५ रुपैयाँदेखि ५५ रुपैयाँसम्म रकम उठाइएको बुझिएको छ । सञ्चालकहरु आफूले नब्यहोर्ने र अन्यत्र मानिस हेरेर अतिरिक्त रकम उठाएको गुनासो लगानीकर्ताको छ ।

बीमा समितिले लघुबीमाको लाइसेन्स वितरण गर्न लागेपछि बाहिर बिचौलिया र माफियाहरुले लाईसेन्स मिलाइदिन्छु भन्दै सेटिङ गरिहेका छन् । यद्यपि सेटिङ गरेका घुस रकम उठाएकाहरुले लाइसेन्स पाउने नपाउने कुनै ग्यारेन्टी छैन । बीमा समितिले लाइसेन्स वितरण निष्पक्ष र पारदर्शी हुने बताउँदै आएको छ । नियामक निकायबाट लाइसेन्स निकालिदिने भन्दै केही बिचौलिया र माफियाहरुले बीमा समिति बाहिरै बसेर च्यानल मिलाउने र प्रधानमन्त्री पत्नी आरजु राणामार्फत दवाव दिएर आफ्नालाई लाइसेन्स दिलाउने प्रयत्न भने गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*