१७ घण्टापछि इसेवाको मोबाइल एप सुचारु, ५० लाख सेवाग्राही प्रभावित

१५ आश्विन २०७९, शनिबार ११:५६

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप १७ घण्टाको अबरुद्ध पछि केही बेर पहिलेबाट सञ्चालनमा आएको छ । मोबाइल वालेटको रुपमा ५० लाख भन्दा बढि सर्वसाधारणले प्रयोग गर्दै आएको इसेवाले १७ घण्टासम्म सेवा अबरुद्ध भएको सम्बन्धमा कुनै औपचारिक जानकारी दिएको छैन ।

हिजो साँझ ६ बजेदेखि काम गर्न छोडेको इसेवाको मोबाइल एप आज विहान ११ बजेपछि पुनः सुचारु भएको हो । इसेवाको उक्त एप गुगल प्लेस्टोरबाटै डिलिट भएपछि ५० लाख मोबाइल एप प्रयोगकर्ताहरु प्रभावित भएका छन् । इसेवाको मोबाईल एप बन्द हुँदा कैयौं मानिसहरुले राइड सेयरिङमा समस्या भएको गुनासो गरेका छन् ।

त्यस्तै इसेवा बन्द हुँदा विद्युत महसुल, टेलिफोन सेवा भुक्तानी, अन्य भुक्तानी तथा बीमा शुल्क भुक्तानी समेत प्रभावित भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*